Programme held in Indore, India

Dadhichi Mission India Activities

Posted in Family Photos | Comments Off

FACTS on ORGANS!

रगतको बारेमा जान्नैपर्ने कुरा

Written by  बालानन्द भण्डारी

मानिस बाँच्ने क्रममा मानव शरीरमा विभिन्न तत्वहरुको आवश्यक हुन्छ । त्यसमध्ये रगत एउटा महत्वपूर्ण तत्व हो । आधुनिक विज्ञानको विकासले अन्य क्षेत्रमा विकास गरे पनि रगतको विकल्प हालसम्म पत्ता लागेको छैन । त्यसैले रगतको तत्काल पूर्ति रगतबाट नै गर्नुपर्ने हुन्छ जुन मानव शरीरमा नै बन्ने गर्दछ । एकातिर रक्तश्राप हुने रोग जस्तै पेप्टीक अल्सर फोक्स्ोको रोग कलेजोको रोग लगायत अन्य रोगको उपचारमा तथा शल्यकि्रया एवं सुत्केरी अवस्थामा अधिक रक्तश्राप हुँदा रगतको आवश्यकता हुन्छ । अर्कोतिर सवारी साधन वा अन्य कुनै दुर्घटनामा परेर शरीरको रगत खेर जाँदा पनि रगतको आवश्यकता पर्दछ जुन अवस्था बढ्दो छ । ब्लड क्यान्सर हिमोफिलियो तथा निश्चित कारणबाट हुने रक्त अल्पताको लागि नियमित रगत लिएर नै पनि बाँच्नुपर्ने हुन सक्छ ।

यस्तो अवस्थामा एउटा मानिसको धर्मको महत्व दिनानुदिन बढ्दो छ । यहाँनेर कहिलकाहीं नबुझेर मानिसहरु भन्ने पनि गर्दछन्-ूब्लड बैंकको के काम छ त ू रगतको व्यवस्था मिलाउन पैसा लिएर खुरुखुरु दिए त भैहाल्छ नि । मानव रगत किनबेचमा पूर्ण प्रतिबन्ध भएका कारण यो कार्यको लागि स्वयंसेवी रक्तदाता नै मुख्य स्रोत हुन् । यो महान् सेवाको श्रेय उनीहरुलाई नै जान्छ । परिवारका एकजना साधारण सदस्य होस् वा घरमूली जसमा आश्रीत थुपै्र जना हुन् रगतको अभावमा मर्नुपर्दा बाँकीको जीवन कष्टप्रद भई बाँचिरहेका र समाजका सामाजिक व्यक्तित्व तथा राष्ट्रकै निधिसमेत यो चपेटामा नपर्लान् भन्न सकिन्न । हाम्रो धार्मिक चलन अनुसार गौदानलगायत अन्य दानहरु गर्दा ठूलो पुण्य पाइन्छ भन्ने गरेकोमा अब त रक्तदान सबैभन्दा ठूलो दान हो भन्दा अत्युक्ति नहोला ।
हाल रगतको व्यवस्था साचय तथा वितरण रक्तसंचार सेवाले गर्दछ । यसले संक्रमित रोग तथा परीक्षणका लागि केही रकम लिने गर्दछ तर यसलाई नबुझेर यदाकदा रगत बेचेको अथवा रगत किन्नु परेको पनि भन्ने गरेको जानकारीमा आउँछ तर त्यसो होइन । माथि नै भनियो रगत क्रय-विक्रयमा पूर्ण प्रतिबन्ध छ ।
यसको इतिहास हेरौं
सन् १६१६ मा विलियम हार्मेले कुनै पनि प्राणीमा रगत प्रवाह रक्तसंचार हुन्छ भन्ने पत्ता लगाए । सन् १६६५ मा रिचार्ड ओअरले मन लागेको एउटा कुकुरमा अर्को कुकुरको रगत चढाई त्यसको जीवन बचाए । सन् १८१८ मा डा।जेम्स ब्लेण्डले प्रत्यक्ष रुपमा एउटा मानिसको रगत मर्न लागेको अर्को मानिसमा चढाई प्राण बचाउन सफल भए । सन् १९०० मा ल्याण्ड स्टिनरले रक्त समूह ब्द्यइ पत्ता लगाए । सन् १९३१ मा संसारको पहिलो रक्तसंचार केन्द्र स्पेनको वासर्िलोना शहरमा स्थापना भयो । सन् १९६६ मा नेपालमा पहिलो रक्तसंचार केन्द्र काठमाडौंमा स्थापना भयो भने नेपालको पहिलो रक्तदाता दयावीरिसंह कंसाकार हुनुहुन्छ । उहाँले वि।सं।२००० मा रक्तदान गर्नुभएको थियो ।
यसरी शुरुमा सोझै रगत दिने मात्र कुरो हुन्थ्यो भने पछि रगतको ४ समूह हुने पत्ता लाग्यो । जसले गर्दा जुन समूहको रगत लिनुपर्ने हो सोही समूहको रगत दिने थालियो । विकासको क्रममा सन् १९४० मा वाइनर ल्याल्डस्टिनरले रगतको समूह पत्ता लगाए । अब हरेक समूहमा पनि नेगेटिभ र पोजेटिभ रगत हुने पत्ता लाग्यो । त्यसकारण समूह मात्रै मिलेर नभई नेगेटिभ पोजेटिभ समेत मिलेपछि रगत शरीरमा हाल्न हुने भयो । हुन त यसमा पनि अहिले उप-समूह तथा वर्गको कुरा आएको छ । सामान्यतया समूह अनि नेगेटिभ पोजेटिभ रगत लिनको लागि प्रमुख आधार मानिन्छ ।
हालसम्मको नेपालको तथ्यांक अनुसार समूहगत रुपमा हेर्दा मानिसहरुमा ब्।३२।५ द्य।२६।५ इ।२९ र ब्द्य।१२ प्रतिशत पाइएको छ । नेगेटिभ मात्र ०।६ प्रतिशत रहेको छ ।
माथि नै उल्लेख गरियो हिजो आज रगतको माग बढ्दो छ । यस्तो अवस्थामा रक्तदान भनेको जीवनदान हो भन्ने बुझ्न र बुझाउन जरुरी छ । चितवनको सन्दर्भमा भन्नुपर्दा वी।पी।s्यान्सर अस्पतालमा एउटै बिरामीलाई ८-१० युनिट पोका चाहिन सक्ने श्री महेन्द्र आदर्श चिकित्सालय भरतपुर शिक्षण अस्पताल र अन्य नीजि अस्पताल तथा नसर्िङ होमहरुमा पनि माग बढ्दो छ । सो पूर्तिका लागि हालसम्ममा रक्तदाताहरु हुँदै हुनुहुन्छ भने हामीले नयाँ स्वयंसेवी रक्तदाताहरु बनाउन सक्यौँ भने मानवीय सेवामा केही गर्न सकेको हुनेछ भन्ने मलाई लागेको छ ।
सामान्य स्वास्थ्य मानिसको शरीरमा पुरुषहरुमा ७६ मि।लि। रगत प्रतिकिलोग्राम शरीरको तौल र महिलामा ६६ मि।लि। प्रति किलो तौल रगत रहेको हुन्छ । हाम्रो शरीरलाई दैनिक कार्य संचालन गर्न प्रतिकिलो ५० मिलि रगत भए पुग्छ । यसरी हाम्रो शरीरमा पुरुषमा २६ मि।लि। रगत र महिलाहरुमा १६ मि।लि। रगत प्रतिकिलो शरीरको तौल जगेडाको रुपमा रहेको हुन्छ । रक्तदान गर्दा १ पटकमा ३०० मि।लि। मात्र निकालिन्छ । हामीलाई चाहिने भन्दा बढी अर्थात् जगेडाको रुपमा रहेको रगत अरुलाई दिएर जीवन बचाउन सकिन्छ भने हाम्रो लागि मानव सेवाको त्यो भन्दा ठूलो मौका अरु के हुन सक्छ र तर क्षयरोग यौनरोग छारेरोग मधुमेह उच्च रक्तचाप मृगौलाको रोगी मुटुको रोगी जण्डीस टाइफाइड असुरक्षित यौन सम्पर्कमा रहेका तथा एड्स र लागूपदार्थका दुव्र्यसनी र रजस्वला भएको ८ दिनसम्म स्तनपान गराउनुपर्ने तथा गर्भवती महिलाले रक्तदान गर्न हुँदैन । सुरक्षित रक्तदाताले मात्र रक्तदान गर्नुपर्ने आपुू असुरक्षित भएको शंका लागेमा रक्तदान गर्नुहुँदैन ।
रक्तदान गनॆ्र उमेर १७ वर्षदेखि ६० वर्षसम्म तौल पुरुषको ४५ किलो र महिलाको ४० किलो तथा हेमोग्लोविन १२ ग्राम कम्तीमा हुनुपर्दछ । यसरी गरिने रक्तदान पुरुषले हरेक ३/३ महिना र महिलाले हरेक ६ महिनामा गर्न सक्दछन् ।
नेगेटिभ रगत बारे माथिको तथ्यांकले देखाएको छ लगभग २ सयजना मानिसहरुमध्ये केवल एक जना मानिसमा मात्र नेगेटिभ रगत पाइन्छ । यसरी कम पाइने हुनाले कहिलेकाहीं योजनाबद्ध उपचार र शल्यकि्रया गर्न परेमा अटोलोगस ब्लड ट्रान्सÏयूजन आÏनो रगत आफैलाई दिने प्रणाली पनि छ तर सजिलो भने होइन । नेगेटिभ रगत ज्यादै कम पाइने हुनाले यसलाई दुर्लभ रगत पनि भनिन्छ । जुन आवश्यक परेको समयमा सहजै उपलब्ध नहुनु स्वभाविकै हो । यो रगत थाहा पाएसम्म रक्तसंचार सेवाले संचयको लागि निकाल्दैन । रगत मानिसको शरीरबाट निकालेपछि ३५ दिनभित्रमा प्रयोग भैसक्नुपर्छ । त्यसपछि म्याद सकिने हुनाले सो अवधिभित्र प्रयोग नभएमा त्यस्तो महत्वपूर्ण रगत खेर जान सक्छ । कम चाहिने र कम पाइने भएकोले नेगेटिभ रक्तदाताहरु जहिले पनि तयारी अवस्थामा रहनुपर्ने हुन्छ । जसले गर्दा जुन समयमा चाहियो त्यही समयमा निकालेर आवश्यक परेकालाई दिन सकियोस् । अब यस्तो अप्ठ्यारो अवस्थामा यो रगत आवश्यक भएकालाई कसरी मानवीय सेवा गर्न सकिन्छ ।

Posted in Family Photos | Comments Off